आइपीएलः दिल्लीले दियो विराटको टिमलाई १८८ रनको लक्ष्य

काठमाडौं, वैशाख १४ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई १८८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८७ रन बनायो ।

उसका लागि कप्तान श्रेयस अय्यरले ५२, शिखर धवनले ५०, पृथ्वी शाले १८ रन बनाए । यस्तै, शेरफोन रेदरफोर्डले १३ बलमा २८ र अक्षर पटेलले नटआउट ९ बलमा १६ रन प्रहार गरे । बलिङमा बैंग्लोरका युजवेन्द्र चहलले २, उमेश यादव, वासिङन सुन्दर र नवदीप सैनीले एकएक विकेट लिए ।

यसअघि, टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८७ रन बनायो । उसका लागि कप्तान श्रेयस अय्यरले ५२, शिखर धवनले ५०, पृथ्वी शाले १८ रन बनाए । यस्तै, शेरफोन रेदरफोर्डले १३ बलमा २८ र अक्षर पटेलले नटआउट ९ बलमा १६ रन प्रहार गरे ।बलिङमा बैंग्लोरका युजवेन्द्र चहलले २, उमेश यादव, वासिङन सुन्दर र नवदीप सैनीले एकएक विकेट लिए । 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: