‘बृद्ध भत्ता ५ हजार पुग्छ’

कञ्चनपुर, वैशाख १५ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पनि आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि हुने बताएका छन् । उनले ५ वर्षभित्र ज्येष्ठ नागरिक लगायतको भत्ता ५ हजार पुर्‍याउने गरी आगामी वर्षदेखि नियमित रुपमा वृद्धि गर्दै लैजाने बताए ।

यसअघि प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष प्रचण्डले पनि वृद्धभत्ता बढ्ने बताइसकेका छन् । मन्त्री पोखरलले चुनावताका गरेको प्रतिबद्धताअनुसार वृद्ध भत्ता ५ हजार पुर्‍याउने गरी सरकार अघि बढेको बताए । ‘वर्तमान सरकारले ५ वर्षभित्र जेष्ठ नागरिकको भत्ता ५ हजार पुर्‍याउँछ’ आइतबार कञ्चनपुरको वेदकोट नगरपालिकाका चौथो नगरसभा तथा नवनिर्मित कार्यालय भवनको उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘चुनावका बेला गरिएका प्रतिबद्धता र घोषणा पत्रमा उल्लेख भएका कुराहरु हामी पूरा गरेरै छाड्छौं ।’

उनले गत आर्थिक वर्षमा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य वीमा गरिएकोले भत्ता बढाउन नसकिएको बताए । तर, गाउँमा जाँदा थुप्रैले भत्ता नबढाएको भन्दै ढाँटेको आरोप लगाएको उनले बताए ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: