आइपीएलः विराटको टिमलाई हराउँदै सन्दीप आवद्ध दिल्ली प्लेअफमा प्रवेश

काठमाडौं, वैशाख १४ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स ७ वर्षपछि प्लेअफमा प्रवेश गरेको छ । आज रोयल च्यालेन्जर्स बैंग्लोरलाई १६ रनले पराजित गर्दै दिल्ली ७ वर्षपछि प्लेअफमा प्रवेश गरेको हो ।

दिल्लीले दिएको १८८ रनको लक्ष्य पछ्याउने क्रममा विराट कोहलीको बैंग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन मात्र बनाउन सक्यो ।

उसका लागि पार्थिव पेटेलले ३९, गुरर्कित सिंहले २७, शिवम् दुवेले २४, कप्तान विराट कोहलीले २३, एबी डी भिलियर्सले १७, र मार्कस स्टोइनिसले नटआउट ३२ रन बनाए ।

बलिङमा दिल्लीका अमित मिश्रा, कागिसो रबाडाले दुईदुई, इशान्त शर्मा, अक्षर पटेल र शेरफन रेदरफोर्डले एकएक विकेट लिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: