आइपीएलः मुम्बईविरुद्ध गिलको अर्धशतक पूरा

काठमाडौं, वैशाख १५ । इन्डियन प्रिमियर लिग (आइपीएल) मा मुम्बई इन्डियन्स विरुद्धको खेलमा कोलकाता नाइट राइडर्सका शुभमन गिलले शानदार अर्धशतक पूरा गरेका छन् ।

उनले २९ बलमा २ छक्का र ४ चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । आज अर्का ओपनर क्रिस लिनले २९ बलमा ५४ रन बनाउँदै क्याचआउट भएका छन् ।

टस हारेर ब्याटिगंको निम्तो पाएको कोलकाताले आज शानदार प्रदर्शन गरिरहेको छ । यो समाचार तयार पार्दासम्म कोलकाताले ११ ओभरमा १ विकेट गुमाउँदै १०६ रन बनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: