आन्द्रे, गिल र लिनको शानदार प्रदर्शन, मुम्बईले पायो २३३ रनको लक्ष्य

काठमाडौं, वैशाख १५ । इन्डियन प्रिमियर लिग (आइपीएल) मा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई २३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २३२ रन बनायो ।

उसका लागि शुभवन गिलले ६५ बलमा ७६, क्रिस लिनले २९ बलमा ५४ रन बनाए । यस्तै आन्द्रे रसेरलले नटआउट ८० रन प्रहार गरे । उनले त्यसक्रममा ८ छक्का र ६ चौका लगाए ।

कोलकाताका लागि कप्तान दिनेश कार्तिकले नटआउट १५ रनको योगदान दिए । बलिङमा मुम्बईका दीपक चहर र हार्दिक पाण्ड्याले एक-एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: