ला लिगामा मड्रिड भालेकानोसँग पराजित

काठमाण्डौ, बैशाख १६ । स्पेनीस ला लिगामा रियल मड्रिडले अर्को हार ब्यहोरेको छ । गएराति भएको खेलमा रियल रायो भालेकानोसँग एक शून्यले स्तब्ध बन्यो । भालेकानाको मैदानमा भएको खेलमा रियललाई हारको स्वाद चखाउन एड्री इम्ब्राबाको एकमात्र गोल निर्णायक बन्यो ।

खेलको २३ औं मिनेटमा एड्रीले गरेको गोल नै अन्तिममा भालेकानोलाई तीन अंक दिलाउन पर्याप्त बन्यो । पुरै खेलमा रियलले आधा दर्जन प्रहार गरेपनि गोल गर्न सकेन । जसका कारण रियल अंक तालिकामा पछाडी परेको छ । लिगको उपाधि बार्सिलोनाले जितिसकेको अवस्थामा रियल अब तेस्रो स्थानमा रहने पक्का जस्तै बनेको छ । दोस्रो स्थानको एट्लेटिको भन्दा रियल नौ अंकले पछाडी रहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: