श्रीमतीको हत्या अभियोगमा श्रीमानसहित ३ जना पक्राउ

कपिलवस्तु, वैशाख १६ । श्रीमतीको हत्या गरेको अभियोगमा कपिलवस्तुबाट प्रहरीले श्रीमानसहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्लाको बाणगंगा नगरपालिका ८ बालापुरमा हत्या गरी फालिएको अवस्थामा २१ वर्षीया सुनिता थारुको शव भेटिएपछि श्रीमान सुरेश थारुसहित ३ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले जानकारी दिए । शव सोमबार बिहान घर नजिकैको वाणगंगा खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: