सुनको भाऊ महँगियो, तोलामा कतिले बढ्यो ?

काठमाडौं, वैशाख १५ । साताको दोस्रो दिन सोमबार फेरि नेपाली बजारमा सुनको मूल्यमा एक सय रुपैयाँले बढेको छ ।

आइतबार छापावाला सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि बढेर सुन प्रतितोला ५९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, आइतबार तेजावी सुन ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि बढेर सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

साथै, सोमबार बजारमा चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

आइतबार चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी ७३० रुपैयाँमै कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: