मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु

राजविराज, वैशाख १६ । सप्तरीको खडक नगरपालिका ४ स्थित मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

पूर्व–पश्चिम लोकराजमार्ग अन्तर्गत सो खण्डमा मोटरसाइकलले साइकल यात्री स्थानीय ७० वर्षीय विन्देश्वर साहलाई पछाडिबाट ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्व तर्फ जादै गरेको स ५ प ८३६१ नं. मोटरसाइकलले सोही दिशा तर्फ जादै गरेको वृद्धलाई ठक्कर दिएका हो । ठक्करबाट घाइते साहलाई उपचारको लागि विराटनगरतर्फ लैजादै गर्दा आइबार साँझ बाटैमा मृत्यु भएको हो । मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: