२५ हजार घुससहित वडाअध्यक्ष अख्तियारको फन्दामा

सप्तरी, वैशाख १६ । सप्तरीमा २५ हजार घुससहित एक जना वडाअध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका वडा न. ५ का वडाअध्यक्ष शिल्टु मियाँ रहेका छन् ।

सेवाग्राहीबाट २५ हजार घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मियाँलाई सोमबार बिहान पक्राउ गरेको हो । पक्राउ परेका वडाअध्यक्ष मियाँलाई आवश्यक अनुसन्धानपछि कारवाही गरिने आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: