सुर्खेत र मोरङबाट हतियार र गोली बरामद

काठमाडौं बैशाख १६ । नेपाल प्रहरीले सुर्खेत र मोरङ जिल्लाबाट हतियार बरामद गरेको छ।

सुर्खेत, बराहताल गाउँपालिका ५ करीयापानीस्थित जंगलबाट वेवारिशे अवस्थामा रहेको भरुवा बन्दुक २ नाल आइतबार दिउँसो बरामद भएको छ । प्रहरी चौकी बड्डी चौरबाट खटिएको प्रहरीले समुयदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बालविवाह, बहुविवाह र घरेलु हिंसा सम्बन्धी जनचेतनमुलक कार्यक्रम गर्ने क्रममा स्थानीयबासीहरुले उक्त जंगलबाट फेला पारी ल्याएको ती हतियार प्रहरीलाई बुझाएका हुन् ।

यसैगरी मोरङ, मिक्लाजुङ गाउँपालिका(६ स्थित बक्राहा नुनसरी खोलामा ५ राउण्ड गोली, जीर्ण अवस्थामा काठ नभएको नाल र म्याग्जिन आइतबार साँझ फेला परेको छ। सोही ठाउँस्थित स्काभेटरले खोला उत्खनन् गर्ने क्रममा सो हतियार फेला परेपछि ईलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीले उक्त हतियार बरामद गरेको हो।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: