आइपीएलमा वार्नरको आज अन्तिम खेल

काठमाडौं, वैशाख १६ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा आज डेबिड वार्नरको अन्तिम खेल हुनेछ । सनराइजर्स हैदरावादबाट खेलिरहेका उनी ३० मे देखि शुरु हुने एकविदसीय विश्वकप क्रिकेटका लागि आफ्नो देश अष्ट्रेलिया फर्किने भएकाले वार्नरले आइपीएलमा आज अन्तिम खेल खेल्दै छन् ।

बल टेम्परिङका कारण गत संस्करणको आइपीएल गुमाएका वार्नरले यो वर्ष शानदार प्रदर्शन गरिरहेका छन् । उनले लगातार पाँच अर्धशतकसमेत लगाउँदै आइपीएलमा सर्बाधिक ५० रन प्रहार गर्ने खेलाडीको सूचीमा आफूलाई उभ्याएका छन् ।

हालसम्म वार्नरले आइपीएलमा ४३ अर्धशतक प्रहार गरेका छन् । उनलाई दिल्ली क्यापिटल्सटमा आवद्ध शिखर धवनले पछ्याइरहेका छन् । शिखरले हालसम्म ३७ अर्धशतक प्रहार गरेका छन् ।

यो संस्करणको आइपीएलमा सर्बाधिक रन प्रहार गर्ने खेलाडीको सूचीमा पनि वार्नर पहिलो नम्बरमा छन् । उनले ११ खेलमा ६११ रन प्रहार गर्दै शीर्ष स्थानमा पुग्न सफल भए ।

११ खेल खेल्दा उनले ७ अर्धशतक र एक शतक प्रहार गरेका छन् । आइपीएलमा आज हैदरावादले किंग्स इलाभेन पन्जावको सामाना गर्दैछ । खेल नेपाी समयअनुसार साँझ ८ः१५ बजेदेखि हैदरावादमा शुरु हुँदैछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: