कैलालीमा किशोरीलाई आत्मरक्षा तालिम

घनगढी, वैशाख १३ । कैलालीको धनगढी उप–महानगरपालिकाले महिलाको सुरक्षाका लागि आत्मरक्षा तालिम दिन सुरु गरेको छ । महिला माथि हुने बलात्कार र जबरजस्तीका घटनामा बृद्धि हुन थालेको भन्दै उप–महानगरपालिकाले आत्मरक्षाको तालिम दिन थालेको हो ।

सोमबार मात्रै उप–महानगरपालिका वडा नं १४, १८ र १९ का ८ सय महिला तथा किशोरीलाई एउटै शिविरमा राखेर तालिम दिन शुरु गरिएको छ । धनगढीको फुलबारी डिपोबजार नजिकको खेल मैदानमा तालिम सञ्चाल गरिएको हा ।

यस क्षेत्रमा हिंसा र बलात्कारका घटना रोक्न हरेक प्रयास गरियो उप-महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, ‘त्यसको विकल्प स्वयं महिला नै आत्मरक्षा गर्न सक्षम हुनुपर्छ भनेर यो अभियान गरिएको हो ।’

तालिमले महिलाको आत्मबल बढाउनमा सहयोग गर्ने नगरप्रमुख वडले बताए । गत असोज महिनामा सुदूरपश्चिम सामाजिक विकास मन्त्रालय, धनगढी उपमहानगरपालिका र राष्ट्रिय गोजुरीयो कराते संघको आयोजनामा २४ सय बढी महिलालाई आत्मरक्षा तालिम दिएको थियो ।

आत्मरक्षा तालिमका प्रशिक्षक तथा राष्ट्रिय गोजुरीयो कराते संघका महासचिव प्रकाश चन्दले तालिम महिलाका लागि निकै प्रभावकारी भएको बताए । तालिममा १२ देखि २५ वर्ष उमेर समूहका किशोरी धेरै रहेका प्रशिक्षक चन्दले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: