छोरी बचाउन आत्मरक्षा तालिम

धनगढी, वैशाख १६ । धनगढी उप–महानगरपालिकाले नगरका छोरीहरुको सुरक्षाका लागि आत्मरक्षा तालिम दिन सुरु गरेको छ ।

महिलामाथि हुने बलात्कार र जवरजस्तीका घटनाहरुमा वृद्धि हुन थालेको भन्दै धनगढी उप–महानगरपालिकाले आत्मरक्षाको तालिम दिन थालेको हो । सोमबारमात्रै धनगढी उप–महानगरपालिका वडा नं १४, १८ र १९ का ८ सय महिला तथा यूवतीहरुलाई एउटै शिविरमा राखेर तालिम दिन सुरु गरेको छ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले तालिममा महिलाहरुलाई आत्मरक्षा सीप सिकाउने काम भइरहेको छ । धनगढीको फुलबारी डिपो बजार नजिकको खेल मैदानमा तालिम संचालन गरिएको छ । यस क्षेत्रमा हिंसा र बलात्कारका घटना रोक्न हरेक प्रयास गरियो नगरप्रमुख वडले भने, त्यसको विकल्प स्वयं महिला नै आत्मरक्षा गर्न सक्षम हुनुपर्छ भनेर यो अभियान गरिएको हो ।

तालिमले महिलाहरुको आत्मबल बढाएको छ नगरप्रमुख वडले भने, ‘यति ठूलो संख्यामा नगरपालिका आफैंले आत्मरक्षा तालिम दिएको पहिलो पटक हो । गत असोज महिनामा सुदूरपश्चिम सामाजिक विकास मन्त्रालय, धनगढी उपमहानगरपालिका र राष्ट्रिय गोजुरियो कराते संघ सुदूरपश्चिमको आयोजनामा २ हजार ४ सयभन्दा बढी महिलालाई आत्मरक्षा तालिम दिएको थियो ।’

आत्मरक्षा तालिमका प्रशिक्षक तथा राष्ट्रिय गोजुरीयो कराते संघ सुदूरपश्चिम अध्यक्ष प्रकाश चन्दले तालिम महिलाका लागि निकै प्रभावकारी भएको बताए । तालिममा १२ बर्षदेखि २५ उमेर समुहका यूवतीहरु धेरै छन् प्रशिक्षक चन्दले भने, कतिपय बूढी आमाहरु समेत तालिम दिन आएकी छन् ।

तालिमबाट आफ्नो सुरक्षा कसरी गर्न सकिन्छ भन्ने कुरा राम्रै सिकिरहेका छा्रै फुलवारीकी प्रीति चौधरीले भनिन्, आफमाथि बलात्कार र जबरजस्ती गर्न आउनेबाट कसरी बँच्न सकिन्छ भन्ने सीप सिकियो । तालिम चार दिनसम्म संचालन गरिने धनगढी उप–महानगरपालिका वडा नं १८ का अध्यक्ष मुरारी अधिकारीले बताए । राम्रो सहभागिता रहेको छ अध्यक्ष अधिकारीले भने, तालिमपछि वडा तहमै प्रशिक्षक तयार गर्ने योजना समेत रहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: