लायन्स क्लब अफ काठमाडौं चन्द्रागिरीको अध्यक्षमा बानियाँ

काठमाडौं, वैशाख १६ । समाजसेवी राजेन्द्रविक्रम बानियाँ सर्वसम्मतिले अध्यक्षमा चयन भएका छन् । लायन्स क्लब अफ काठमाडौं चन्द्रागिरीको अध्यक्षमा राजेन्द्रविक्रम बानियाँलाई चयन गरेको छ ।

अन्तर्राष्ट्रिय लायन्स क्लब अफ काठमाडौं चन्द्रागिरी ३२५ ए १ को बैठकबाट बानियाँलाई बर्ष २०१९–२०२० को लागि अध्यक्ष चयन गरेको हो । हालका अध्यक्ष रेशमलाल दवाडीको अध्यक्षतामा सुरू भएको बैठकमा लायन्स क्लब अफ काठमाडौं चन्द्रागिरी संस्थापक अध्यक्ष तथा चन्द्रागिरीका नगर प्रमूख घनश्याम गिरी, गिरि, निवर्तमान अध्यक्ष मनमाय गिरी तथा संपुर्ण पदाधिकारी तथा लायनहरूको उपस्थिति रहेका थिए ।

उक्त बैंठकबाट प्रथम उपाध्यक्ष राजेन्द्र विक्रम बानिया सर्बसम्मतले अध्यक्षमा चयन भएका छन् भने प्रथम उपाध्य़क्षमा जयराम लुईटेल चयन भएको बताईएको छ । आगामी जुलाई २०१९ बाट १ वर्षका लागि यो सर्बसम्मत निर्वाचित टिमले अन्तरराष्ट्रिय लायन्स क्लब अफ काठमाण्डौ चन्द्रागिरी ३२५ ए १ को नेतृत्व गर्ने छ ।

बानियाँ राष्ट्रिय मालवाहक ट्रक तथा टिफर महासंघका महासचिव, नेपाली काँग्रेस चन्द्रागिरी नगर सचिव, उद्योग बाणिज्य संघ चन्द्रागिरीका अध्यक्ष लगायत थुप्रै संघ संस्थामा नेतृत्व दायी भुमिका निभाई सकेका छन् । सामाजिक काममा सधै अहोरात्त्र सक्रिय राजेन्द्रलाई कार्यकालको शुभ कामना ।

कमेन्ट गर्नुहोस्