रिहा भएलगत्तै प्फेरि पक्राउ परे विप्लवका जिल्ला इञ्चार्ज ज्वाला

हेटौंडा, वैशाख १६ । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मकवानपुर इञ्चार्ज वीरबहादुर घलान ‘ज्वाला’ अदालतबाट रिहा भएलगत्तै फेरि पक्राउ परेका छन् ।

गत चैत २८ गते पक्राउ गरिएका ज्वाला सोमबार जिल्ला अदालत मकवानपुर र जिल्ला प्रशासन कार्यालयमा तोकिएको धरौटी र जरिवाना बुझाएपछि रिहा भएलगत्तै प्रहरीले फेरि पक्राउ गरेको हो। तोकिएको रकम बुझाएपछि कानुनतः रिहा गरिए पनि तत्कालै फेरि पक्रिएर अर्को मुद्दा चलाइएको हो।

ज्वालाले हात हतियार मुद्दाको जरिवानाबापत् जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ६० हजार रुपैयाँ बुझाएका थिए। त्यस्तै विष्फोटक पदार्थको मुद्दामा जिल्ला अदालत मकवानपुरले तोकेको १८ हजार धरौटी पनि आइतबार बुझाइएको थियो। उनको तर्फबाट अधिवक्ता केशव गौतमले प्रशासन र अदालतमा रकम बुझाएका थिए।

ज्वालालाई अदालतले गत वैशाख २ गते धरौटीमा छाड्न आदेश दिएको थियो। तर, ज्वालाले सो समय धरौटी र जरिवाना तिर्न अस्वीकार गरेपछि भीमफेदी जेल चलान गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक सागरविक्रम राणाले ज्वालाले तोकिएको धरौटी र जरिवाना तिरेकाले सोमबार रिहा गरिएको भए पनि पुनः अर्को मुद्धा भएकालेपक्राउ गरिएको बताए।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: