नेकपा सचिवालय बैठकः जनतासँग गरेका प्रतिवद्धतालाई केन्द्रमा राखेर ‘नीति तथा कार्यक्रम’ ल्याउन सुझाव दिने निर्णय

काठमाडौं, वैशाख १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनतासँग प्रतिवद्धता गरे अनुसार नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकले चुनावको समयमा जनतासँग गरको प्रतिबद्धता अनुसार नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले सरकारको नीति तथा कार्यक्रममा सुझाव दिन आग्रह गरेपछि त्यस्तो सुझाव दिने निर्णय गरेकोप्रचण्डको नीजि सचिवालय स्रोतले जनाएको छ । पार्टी एकिकरणको विषयलाई अर्को बैठकबाट टुंगो लगाउने भनेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: