नेपाल एअरलाइन्सका पाइलट विजय लामा निलम्बित

काठमाडौं, वैशाख १६ । एक युट्युबमा च्यानलमा विवादास्पद अन्तर्वार्ता दिएको भन्दै नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई निलम्बन गरिएको छ । अन्तर्वार्तामा पाइलट लामाले आफू मानसिक तथा शारीरिक तनावमा रहने र राम्रोसँग निद्रा पनि नलाग्ने बताएका थिए ।

सार्वजनिक मिडियामा नेपाल वायुसेवा निगमको आन्तरिक विषय सार्वजनिक गरेको र यात्रुको सुरक्षामा ध्यान नदिएको भन्दै पाइलट लामाबारे छानबिन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणले छानबिन समिति गठन गरेको थियो ।

पाइलट लामाले उडानका क्रममा आफू शारीरिक र मानसिक रुपमा तनावमा रहने अन्तर्वार्ता दिएकाले उनको उडानका क्रममा यात्रुले सुरक्षित महसुस गर्न नसक्ने भन्दै प्राधिकरणले पाइलट लामालाई बर्खास्तको लागि नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ । शुक्रबार बसेको क्यानको बैठकले लामालाई तत्कालका लागि निलम्बन गर्न निर्देशन दिएको प्राधिकरणका एक कर्मचारीले जानकारी दिए ।

पाइलट लामालाई प्रवक्ताको पदमा रहुञ्जेल जहाज नउडाउन र उनले अन्तर्राष्ट्रिय नागरिक उडड्यनसँग सम्बन्धित केही नियम नजानेकाले नियम सिकाउन पनि निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।

कमेन्ट गर्नुहोस्