कैलालीमा सवारी दुर्घटनाः एकको मृत्यु, ३ जना घाइते

कैलाली, वैशाख १६ । जिल्लाको गोदावरी नगरपालिका–७ हरैया चोकमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । थप ३ जना घाइते भएका छन्। से १ च १६९० नम्बरको पीकअप जिपले सोमबार से ६ प ८०५२ नम्बरको मोटसाईलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

याे पनि पढ्नुस  धनगढीलाई 'स्मार्ट सिटी' बनाउने प्रक्रिया सुरु

दुर्घटनामा परेर साइकल चलाइरहेका गोदावरी नगरपालिका–६ लालपुरका २० बर्षे दिपेन्द्र चोखालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। साइकलमै सवार ९ बर्षे अविनाश चौधरी, जिप चालक र मोटरसाइकल चालक सामान्य घाइते भएका छन्। उनीहरुको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

याे पनि पढ्नुस  फेरि बोक्सी आरोपमा राधा चौधरीमाथि कुटपिट

दुर्घटनामा एक जनाको मृत्यु भएपछि मृतकका आफन्तहरुले पुर्व पश्चिम राजमार्ग अवरोध गर्न खोजेका थिए। तर, गाडी र मोटरसाइकल चालक नियन्त्रणमा लिएपछि साम्मे भएको प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिए। मृतकका आफन्तले केही समय सडकमा टायर बालेर चक्का जाम गरेका थिए।

कमेन्ट गर्नुहोस्