पाल्पामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

पाल्पा, वैशाख १६ । पाल्पाको निस्दी गाउँपालिका–७ ज्यामिरेको चारघरेमा सोमबार दिउँसो भएको जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ ।

निस्दी गाउँपालिकाकै वडा नम्बर ४ मित्याल भीरपानीबाट ज्यामिरेको हुवास जाँदै गर्दा लु १ ज १९४१ नम्बरको जीप भीरबाट खसेको हो । दुर्घटनामा ज्यामिरे हुवासका दुई, चारघरेका दुई र चालकसमेतको मृत्यु भएको स्थानीय नरबहादुर नेपालीले जानकारी दिए ।

दुर्घटनामा जीपका चालक बुद्धीबल थापा, चारघरेका ५२ वर्षीय खडगबहादुर सोमी र ५० वर्षीय देवीलाल खन्गाहा, हुवासका ४६ वर्षीया लालबहादुर सारु र ५० बर्षीय सन्तबहादुर सारु रहेका छन् । बाँकी दुई जनाको परिचय खुलेको छैन । दुर्घटनास्थल तानसेनबाट झण्डै ६० किलोमिटर पूर्वमा पर्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: