जब वडाअध्यक्ष कार्यकक्षमै मस्त निदाएका भेटिए….

धनगढी, वैशाख १६ । कैलालीको गौरीगंगा नगरपालिकामा एकजना वडा अध्यक्ष कार्यकक्षमै निदाएका भेटिएका छन् । गौरीगंगा नगरपालिका वडा नम्बर १ का अध्यक्ष जगतराम चौधरी कार्यकक्षमै निदाएका भेटिएका हुन् ।

अहिले उनको यो फोटो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । वडा अध्यक्ष निदाएको फोटो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै भुवन बुढाले लेखेका छन्, ‘गौरीगंगा नगरपालिका १ का अध्यक्ष कार्यालयमा मस्त सुत्नु जायज हो या नाजायज तस्बिर आफै बोल्छ ।’

उक्त फोटोलाई लिएर वडा अध्यक्षको चौतर्फी आलोचना भईरहेको छ । यता वडा अध्यक्ष जगतराम चौधरीले भने उक्त फोटो डेढ महिना अगाडिको भएपनि सार्वजनिक आज भएको बताए। त्यो दिन आफू फिल्डबाट थाकेर आएकाले कार्यालयमै निदाएको उनले स्वीकार गरेका छन्।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: