आइपीएलः गेलको टिमले टस जित्यो, हैदरावादलाई ब्याटिङको मौका

काठमाडौं, वैशाख १६ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत सनराइजर्स हैदरावाद विरुद्धको खेलमा किंग्स इलाभेन पन्जावले टस जितेर बलिङ रोजेको छ । खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि हैदरावादमा शुरु हुँदैछ ।

जारी आईपीएलमा हैदरावाद ११ खेलमा ५ मा जित र ६ मा हारका साथ चौथो स्थानमा छ । त्यस्तै पन्जाव ११ खेलमा ५ मा जित र ६ मा हारका साथ साथ छैटौं स्थानमा छ । दिल्ली क्यापिटल्स, चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स क्रमश: पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।

कमेन्ट गर्नुहोस्