एलेक्स हेल्सले विश्वकप खेल्न नपाउने

काठमाडौं, वैशाख १६ । आउँदो मे ३० देखि १४ जुलाईसम्म इंग्ल्यान्ड र वेल्समा हुन लागेको एकदिवसीय विश्वकप क्रिकेटका लागि घरेलु टोलीमा रहेका ओपनर एलेक्स हेल्स टिमबाट निकालिएका छन् ।

प्रतिबन्धित औषधि सेवन गरेको पुष्टि भएपछि इंग्ल्यान्डले उनलाई १५ सदस्यीय टोलीबाट निकालेको हो । यद्यपि हेल्सले विश्वकपपछि इंग्ल्यान्डबाट खेल्न पाउने इंग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ ।

उनले इंग्ल्यान्डबाट ७० ओडीआई खेलमा ६ शतक र १४ अर्धशतकसहित कुल २४१९ रन बनाएका छन् । उनको सर्बाधिक स्कोर १७१ हो । इंग्ल्यान्डले विश्वकपमा पहिलो खेल मे ३० मा दक्षिण अफ्रिकासँग खेल्दै छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: