आइपीएलः डेविड वार्नरको अर्को अर्धशतक

काठमाडौं, वैशाख १६ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत किंग्स इलाभेन पन्जावविरुद्ध पनि सनराइजर्स हैदरावादका ओपनर डेबिड वार्नरले अर्धशतक प्रहार गरेका छन् । उनले ५ चौका २ छक्काको मद्दतमा ३८ बलमा अर्धशतक प्रहार गरेका हुन् ।

यो संस्करणको आइपीएलमा वार्नरको यो आज अन्तिम खेल हो । उनी याे खेल खेल्दै मे ३० देखि इंग्ल्याण्डमा हुने एकदिवसीय विश्वकप क्रिकेटको तयारीका लागि आफ्नो देश अष्ट्रेलिया फर्कने छन् । जारी आइपीएलमा वार्नरले शानदार प्रदर्शन गरेका छन् । उनी सर्बाधिक रन बनाउनेको सूचीमा पहिलो शीर्ष स्थानमा छन् । वार्नरले यो संस्करण ८ अर्धशतक र एक शतक प्रहार गरेका छन् ।

आज पन्जावले टस जितेर बलिङ रोजेको छ । यो खेल दुवै टिमका लागि निकै महत्वपूर्ण छ । आजको खेल जित्ने टिम प्लेअफमा पुग्ने सम्भावना छ । यदि यो खेल हारेमा प्लेअफ पुग्ने सम्भावना निकै कठिन हुनेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: