भीमदत्तमा बजार अनुगमन सुरु, व्यवसायीलाई कमजोरी सुधार्न एक हप्ताको समय

कञ्चनपुर, वैशाख १६ । भीमदत्त नगरपालिकामा बजार अनुगमन सुरु गरिएको छ । भीमदत्त नगरपालिकाको बजार अनुगमन समितिले सोमबार ब्रह्मदेब बजारदेखि अनुमगन सुरु गरेको हो ।

भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत हरि सिह धामीको नेतृत्वमा ब्रह्मदेब बजारमा पसल र होटेलको अनुगमन गरिएको छ ।

‘आज भीनपा ९ बाट बजार अनुगमन सुरु गरिएको छ, यसलाई सबै वडामा वडामा निरन्तरता दिन्छौ’ प्रशासकीय अधिकृत धामीले भने,‘अब छड्के अनुगमन हुन्छ ।’ अनुगमानका क्रममा देखिएका त्रुटी सच्याउन समितिले सम्बन्धित व्यवसायीलाई एक हप्ताको समय दिएको छ । ‘अनुगमनका क्रममा जे जस्ता त्रुटी कमजोरी देखिएका छन्, त्यसलाई सुधार गर्न एक हप्ताको समय दिएका छौ’ उनले भने, ‘त्यसपछि निर्देशिका अनुसार आवश्यक कारवाहीमा जान्छौ ।’

अनुगमनका क्रममा मूल्य सूची नराखेको, व्यवसाय दर्ता भएर पनि नविकरण नगरिएको, खाद्य पदार्थमा मिति नभएको, फास्टफुडमा खल्ला रुपमा राखिएको, सरसफाई अभाव अभाव लगायतका त्रुटी देखिएका छन् । भीनपाको बजार अनुगमन निर्देशिका २०७५ अनुसार अनुगमन गरिएको छ ।

अनुगमन टोलीमा भीनपा वडा नं. ९ का वडा अध्यक्ष गगन नाथ, वडा सदस्यहरु जय बहादुर जोशी, रमादेवी पाल, कञ्चनपुरका बाणिज्य उपाध्यक्ष मदनराज पन्त, नेपाल पत्रकार महासंघ कञ्चनपुरका धर्मराज कठायत, जिल्ला प्रशासन कार्यालयका पदमराज भट्ट, जिल्ला प्रहरी कार्यालयका तोयराज जोशी, उपभोक्ता हित संरक्षण मञ्चका प्रभुनिधि पन्त, वडा सचिव गगन नाथ सहभागी भएका छन् । अनुगमनका क्रममा व्यवसया नविकरण समेत गरिएको छ । नविकरणबाट २७ हजार आम्दानी गरिएको प्रशासकीय अधिकृत धामीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्