आइपीएलः हैदरावादले पन्जावलाई दियो २१३ रनको विशाल लक्ष्य

काठमाडौं, वैशाख १६ । इन्डियन प्रिमियर लिग (आइपीएल) मा सनराइजर्स हैदरावादले किंग्स इलाभेन पन्जावलाई २१३ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले घरेलु मैदानमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनायो ।

उसका लागि डेबिड वार्नरले ७ चौका २ छक्काको मद्दतमा ८१ रन बनाए । यो आइपीएलमा वार्नरले आठ अर्धशतक र एक अर्धशतक प्रहार गरेका छन् ।

यस्तै, मनिष पाण्डेले ३६, ऋद्धिमान शाहले २८, मोहम्मद नाबीले २० र कप्तान केन विलियम्सनले १४ रन प्रहार गरे । बलिङमा पन्जाबका कप्तान रविचन्द्रन आश्विन, मोहम्मद नाबीले २–२, अश्रदीप सिंह र मुर्गन आश्विनले १–१ विकेट लिए ।

यो खेल दुवै टिमका लागि निकै महत्वपूर्ण छ । आजको खेल जित्ने टिम प्लेअफमा पुग्ने सम्भावना छ । यदि यो खेल हारेमा प्लेअफ पुग्ने सम्भावना निकै कठिन हुनेछ ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: