निलम्बित क्याप्टेन लामाले ऐन नियमको कक्षा लिनुपर्ने !

काठमाडौं, वैशाख १७ । नेपाल वायुसेवा निगमले क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले क्याप्टेन लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाउन निर्देशन दिएसँगै निगमले लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको हो । गत चैत १९ गते राति निगमको दुबई उडान रद्द भएसँगै उड्डयन क्षेत्रको नियम उल्लंघन गर्दै सञ्चारमाध्यममा अभिव्यक्ति दिएपछि प्राधिकरणले वैशाख ४ गते ७ दिने अल्टिमेटम दिँदै लामासँग स्पष्टीकरण सोधेको थियो ।

याे पनि पढ्नुस  नेपाल एअरलाइन्सका पाइलट विजय लामा निलम्बित

क्याप्टेन लामाले दिएको प्रष्टिकरण चित्त बुझ्दो नभएपछि प्राधिकरणले प्रवक्ताबाट नहटाएसम्म लामाको पाइलटको लाइसेन्स निलम्बन गर्ने निर्णय गरेको थियो । निगमका सहप्रवक्ता नवराज कोइरालाले भने, ‘प्राधिकणले क्याप्टेन लामालाई दोहोरो भूमिकाबाट हटाउन पत्र पठाएको थियो । नियामक निकायको पत्रलाई कार्यान्वयन गदै पदमुक्त गरिएको पत्र प्राधिकरण पठाएका छौं।’

याे पनि पढ्नुस  नेपाल एअरलाइन्सका पाइलट विजय लामा निलम्बित

लामा प्रवक्ता जिम्मेवारबाट पदमुक्त भएपछि उनको लाइसेन्स निलम्बन फुकुवा भएको प्राधिकरणले जनाएको छ । ‘नियमक निकायको पहिलो चासो सुरक्षा हो ।’ प्राधिकरण उच्च स्रोतले भन्यो, ‘पाइलटले म थकानमा छु, अनिद्रामा छु, अस्वस्थ रहेको बताउनु उडान सुरक्षाका हिसाबले गम्भीर हो ।’ लामाले सञ्चारमाध्यममा दिएको अन्तरवार्तामा ती कुरा बताउनु भएको थियो । प्राधिकरण स्रोतले भन्यो, ‘लामामा एकदमै दम्भ रहेको पायौं, नागरिक उड्डयन प्राधिकरणसम्बन्धी ऐन नियमको कमी भएको पाइएकाले उहाँले कानुनी कक्षा लिनु पर्ने हुन्छ।’ यो समाचार नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्