आजको मौसमः केही स्थानमा हुरीसहित वर्षा

काठमाडौं, बैशाख १७ । मंगलबार देशको पहाडी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पहाडी भेगका थोरै स्थानमा अपरान्ह वा साँझपख मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ ।

साथै पश्चिमी भेगका एक–दुई स्थानमा सामान्य हुरी÷बतास चल्ने मौसम पूर्वामान महाशाखाले जनाएको छ । त्यस्तै, रातिको सयमा देशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली भएर थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको संम्भावना रहेको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: