जबर्जस्ती करणीको प्रतिकार गर्दा सुनिताको हत्या

कपिलवस्तु, बैशाख १७ । सुनिता थारूको हत्या प्रकरण जबर्जस्ती करणीको प्रतिकारका कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाको पूर्ण अनुसन्धान हुन बाँकी छ तर घटना हुँदा सँगै रहेका श्रीमान् र उनका साथीको प्रारम्भिक बयानबाट श्रीमान् दोषी नरहेको र उनका साथीको घटनामा संलग्नता पुष्टि हुँदै गएको प्रहरी उपरीक्षक अच्युतमप्रसाद पुडासैनीले जानकारी दिए ।

मृतकका श्रीमान् सुरेश थारूले तलब बुझेको खुसियालीमा आइतबार दिउँसैबाट ट्याक्टर चालक साथी नवीनलाई समेत बोलाएर तीनै जना सँगै बसी मादक पदार्थ सेवन गरेको प्रहरीलाई बताएका छन् । बयानमा सुरेशले मदिरा लागेपछि धेरै गर्मी भएको र वाणगंगा नदीमा नुहाउन श्रीमती सुनिता र साथी नवीन सँगै आएको बताए । नदीमा गहिरो गरी खनेको भागमा निस्किएको चिसो पानीले नुहाउदै गर्दा श्रीमती चिच्चाएको आवाज सुनेको तर मदिराले पुरै होसमा नरहेका बेला त्यो आवाजलाई खासै वास्ता नगरेको बताउदै सुरेशले नुहाएर बाहिर आउदा श्रीमती त्यहाँ नरहेको दाबी गरेका छन् ।

यता सँगै नुहाउन गएका नवीन चौधरीले सुनिताका श्रीमानले नुहाउदै गर्दा सुनितासँग शारीरिक सम्पर्क राख्न खोजेको स्वीकारेका छन् । ‘सुनिताले प्रतिवाद गर्न खोजिन्, मदिरा लागेकाले सुनितालाई खाल्डोमा धकेलें र नजिकै ढुंगा फेला प¥यो त्यसैले हानेको हुँ,’ नवीनले प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा भनिएको छ । सुनितालाई आफूले खाल्डोमा धकेलेको र ढुंगाले हान्दा चिच्चाएको उनले बताए ।

उनले आइतबार दिउँसो सुनिताका श्रीमान्लाई चप्पल किन्न बजार पठाएर मदिरा खाँदैगर्दा शारीरिक सम्पर्क गर्न प्रस्ताव राखेको प्रहरीसमक्षको बयानमा बताएका छन् । सुनिताका श्रीमान् केही समय अघिसम्म भारतमा बस्दै आएका थिए सोक्रममा सुनिता र नवीनबीच गोप्य शारीरिक सम्बन्ध थियो । त्यही सम्बन्धको सुइको पाएकी सुनिताकी सासूले बेलाबखत सोही कुरालाई लिएर कुटपीट गर्ने गरेको बताइन्छ । त्यसैले, छरछिमेकमा घटना पारिवारिक हिंसाका कारण भएको भन्ने विश्वास रहेको स्रोतको दाबी छ ।

सुरेशले आफूले तलब बुझेको खुसीमा ट्याक्टर चालक नवीनलाई समेत बोलाएर मदिरासहितको खानपान प्रबन्ध मिलाएका थिए । तर, उनकै साथी नवीन श्रीमतीको हत्या अभियुक्तका रूपमा देखापरे । यता घटनाको नजिकबाट अनुसन्धानमा संलग्न इलाका प्रहरी कार्यलयका निरीक्षक चन्द्रबहादुर केसीले घटनाको आधिकारिक जानकारी अनुसन्धान सकिएपछि दिने बताएका छन् । यो समाचार आजको राजधानि दैनिकले छापेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: