घट्यो सुनको भाऊ, तोलामा कतिले घट्यो ?

काठमाडौं, वैशाख १७ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, सोमबार तेजावी सुन ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, मंगलबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

सोमबार चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी ७२५ रुपैयाँमा कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: