हुम्लाको ताँजाकोटमा करिब ६ सय जनाको उपचार, रोग अझै पत्ता लागेन

हुम्ला, बैशाख १७ । हुम्लाको ताँजाकोट गाउँपालिकामा रुघाखोकीको प्रकोप रोक्न गएको डाक्टरको टोलीले झण्डै ६ सय जनाको उपचार गरेको छ । आइतबार पुगेको डाक्टरको टोलीले शिविर चलाएर मंगलबार बिहानसम्म ५९२ जनाको उपचार गरेको हो ।

तर १० जनाको ज्यान जानेगरी फैलिएको रोग मौसमी रुघाखोकीको आशंका गरे पनि पुष्टि हुन नसकेको हुम्लाका प्रमुख जिल्ला अधिकारी धोकलराज ढकालले जानकारी दिए । ताँजाकोटको वडा नम्बर १, २, ५ र ८ मा रुघा लाग्ने, छाती दुख्ने लगायत समस्या देखिएका सैयौजनामध्ये १० जनाको ज्यान गएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: