गजलः फेरि हामीतिरै आँखा, तर्दैछ छिमेकी

फेरि हामीतिरै आँखा, तर्दैछ छिमेकी

खतरनाक नाकाबन्दी, गर्दैछ छिमेकी

फिजी र सिक्किम जस्तै, बनाउने योजनामा

आफ्ना देशका नागरिक, भर्दैछ छिमेकी

तीन तिरबाट, सिमानाहरु मिच्दै मिच्दै

हाम्रो नेपाली भुमितिर, सर्दैछ छिमेकी

माछालाई जस्तै, जालमा पार्नलाई

सहायतारूपी चारो, छर्दैछ छिमेकी

आन्तरिक मामिलाहरुमा, हस्तक्षेप गरी

हाम्रो सार्वभौमसत्ता, हेर्दैछ छिमेकी

मुकुन्दकृष्ण थापा, खोटाङ

कमेन्ट गर्नुहोस्

%d bloggers like this: