पोखरा विश्व विद्यालयका ११ विद्यार्थी पक्राउ

पोखरा, बैशाख १७ । पोखरा विश्वविद्यालयका ११ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यालयले सोमबार सञ्चालन गरेको परीक्षामा जाने विद्यार्थीहरूलाई अवरोध पुर्‍याउने विद्यार्थीहरुलाई नै प्रहरीले नियन्त्रणमा लिएको हो ।

पोखरा विश्व विद्यालय अन्तर्गतका ४२ वटा क्याम्पसमा डी प्लस ल्याएका विद्यार्थीलाई रजिस्ट्रेशन गरी परीक्षामा सहभागी गराउन सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गराउन नहुने भन्दै विद्यार्थी आन्दोलित छन्।

याे पनि पढ्नुस  लक्ष्मीको हत्याको अारोपमा दाजुभार्इ पक्राउ

कास्की प्रहरी प्रमुख ओम रानाले परीक्षा दिन जानेहरुलाई बाटोबाटै रोक्न खोज्नेहरुलाई नियन्त्रणमा लिइएको बताए। ‘परिक्षा दिन जाने विद्यार्थीलाई बाटोबाटै छेकेर विथोल्नेहरूलाई नियन्त्रणमा लिइएको हो,’ उनले भने । प्रहरीले सुस्मा गौतम, विकास रानाभाट, फिरोज सुवेदी, प्रताव बाँनिया, रोशन सुनार, राधव तिवारी, मदन साउद, अशोक तिवारी, सरोज शाह, प्रवीण ओझा, असिम पौडेललाई नियन्त्रणमा लिएको बताएको छ।

कमेन्ट गर्नुहोस्