‘छक्का पञ्जा’ टिमको नयाँ चलचित्र ‘छ माया छपक्कै’ औपचारिकरुपमा घोषणा

काठमाडौ., वैशाख १७ । फ्लोरमा जानुभन्दा अगावै यसवर्षको बहुप्रतिक्षीत चलचित्रको रुपमा हेरिएको ‘छक्का पञ्जा’ टिमको नयाँ चलचित्र ‘छ माया छपक्कै’को औपचारिकरुपमा निर्माण घोषणा गरिएको छ ।

काठमाडौंको कालिमाटीमा रहेको नेपालको सबैभन्दा स्तरीय र महँगो पाँच तारे होटल सोल्टीमा एक कार्यक्रमका बीच निर्माण टिमले फिल्मको नाटक शैलीमा घोषणा गर्‍यो । ‘घामपानी’ र ‘गोपी’ फेम्ड निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्ने फिल्मको घोषणा सभामा अभिनेत्री केकी अधिकारी, कलाकार त्रय दीपकराज गिरी, केदार घिमिरे र जितु नेपालले रमाइलो प्रहसन प्रस्तुत गरेका थिए ।

प्रहसनमार्फत् चलचित्रको मुल कथा प्रट्याइएको थियो । फिल्मले शहरमा हुर्किएकी एक युवती र एक सोझो–अधवैंशे पुरुष बीचको प्रेमकथा वाचन गर्ने छ । दीपाश्री निरौला निर्देशन सल्लाहकार रहेको फिल्ममा केकी र दीपकराजको जोडी बाँधिएको छ । केदार र जितुको पनि प्रमुख भूमिका रहने छ । बाँकी कलाकार केही दिनमा छनोट हुने निर्देशक लामाले जानकारी दिए । आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आइएमईको प्रस्तुतीमा निर्माण हुने फिल्ममा रोहित अधिकारीको एकल लगानी रहने छ ।

याे पनि पढ्नुस  रेखा थापापछि शिल्पाले पनि मागिन डिभोर्स, छविविरुद्ध घरेलु हिंसाको मुद्दा

निर्माता अधिकारीको लगानी सुरक्षित भएपछि दीपकराजको टिमले मुनाफाको ५० प्रतिशत लैजाने सर्त छ । जेठ पहिलो साताबाट छायांकन सुरु हुने फिल्मलाई हरि हुमागाइँले खिच्नेछन् । रोशन श्रेष्ठको द्वन्द्व रहने फिल्ममा दीपक शर्माको संगीत छ । फिल्मका गीतमा कविराज गहतराजको कोरियोग्राफी रहने छ । सम्पादनको जिम्मेवारी विपिन मल्लको काँधमा आएको छ ।

याे पनि पढ्नुस  देशभरका चलचित्र हलमा ‘झट्का’ प्रदर्शनमा

निर्देशक लामाको कथा रहेको फिल्मको पटकथा दीपकराजको हो । संवादमा भने दीपकलाई केदार, जितु र अभिमन्यू निरबीले सघाएका छन् । जितु र केदार फिल्मका कार्यकारी निर्माता हुन् । दशैंमा प्रदर्शनमा आउने यो फिल्म ‘छक्का पञ्जा ४’ नभएको दीपकले स्पष्ट पारेका छन् । पुरानै टिम दोहोरिएको भएतापनि फिल्मको कथा फरक रहेको उनको भनाई छ ।

निर्देशक लामाले पनि यो चलचित्र ‘छक्का पञ्जा’ फ्रेन्चाइजको निरन्तरता नभएको प्रस्ट्याए । उनी भन्छन्, ‘यो बिल्कुलै फरक कथामा बन्न लागेको फिल्म हो । मेरो कन्सेप्टलाई दीपकराज गिरीको टिमले पटकथामा ढालेको हो । उनीहरुले तयार गरेको स्क्रिप्ट मसँगै पूरा टिमलाई मनपर्‍यो । आमा सरस्वतीले बनाएको फिल्म भनेपछि दर्शकमा जुन प्रकारको अपेक्षा हुन्छ त्यो यसले पनि पूरा गर्छ ।’

याे पनि पढ्नुस  चलचित्र 'वीर विक्रम' युट्युबबाट हेर्नुहोस्

अभिनेत्री केकी अधिकारीले फिल्म क्षेत्रलाई हाकेको टिमसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन् । भूमिका चित्त बुझेका कारण काम गर्न राजी भएको उनको भनाई छ । दीपकराजले फिल्मको पटकथा लेख्ने क्रममा नै ‘यो क्यारेक्टरमा केकी सुहाउँछ’ भन्ने आफूले सोचेको बताए । केकीको यसअघि निर्देशक लामासँग फिल्म ‘घामपानी’ गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्