बसमै लुकाइराखेको खैरो हिरोईनसहित एकजना प्रहरीको नियन्त्रणमा

काठमाडौं, वैशाख १७ । महानगरीय प्रहरी प्रभाग नागढुगांले खैरो हिरोईनसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले काठमाडौं चन्द्रागिरी नपा वडा नं. २ नागढुंगास्थित चेकजाँचको क्रममा खैरो हिरोईनसहित एक जनालाई नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले सुर्खेतबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख ५९७२ नम्बरको को यात्रुबाहक बसबाट जिल्ला कैलाली टिकापुर नपा वडा नं १ घर हुने वर्ष २५ को भरत भण्डारीलाई चेकजाँच गर्ने क्रममा भण्डारीले साथवाट लागूऔषध खैरो हेरोईनसहित नियन्त्रण लिएको बताए ।

याे पनि पढ्नुस  नियम मिच्ने आठसय सवारी साधन नियन्त्रणमा

थानकोट प्रहरी प्रमुख थापाले भने, ‘भण्डारी बसेको सिटमुनि कालो प्लाष्टिकमा पोका पारी बेरी लुकाई छिपाई लिई आएको लागुऔषध खैरो हेरोईन १३.८८ ग्राम फेला परेको हो ।’ महानगरीय प्रहरी बृत्त थानकोटका अनुसार पक्राउ परेका भण्डारीलाई थप अनुसन्धान भईरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्