हावाहुरी सहितको वर्षा हुने सम्भावना

काठमाडौं, वैशाख १७ । देशका पश्चिमी पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडि भेगका केही स्थानमा अपरान्ह पछि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै पश्चिमी भेगका एक–दुई स्थानमा हुरी–बतास चल्ने सम्भावना छ ।

यस्तै देशका पहाडी भेगमा मौसम आंशिक बदली रही थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्