विप्लवका जिल्ला इन्चार्जसहित १० कार्यकता हतियारसहित पक्राउ

बाजुरा, वैशाख १७ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका बाजुरा इन्चार्ज भुपेन्द्र विकसहित १० जना कार्यकता हातहतियारसहित मंगलबार प्रहरी पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यलय बाजुराबाट खटिएको प्रहरी टोलीलले बुढिगंगा नगरपालिका–१, अम्कोटबाट प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डीएसपी उद्धब सिंह भाटले जानकारी दिए ।

प्रक्राउ पर्नेमा बाजुरा इञ्चार्ज भुपेन्द्र विक, सचिव भरत थापा, जिल्ला कमिटि सदस्य अंगराज भण्डारी र पवित्रा विक रहेका छन् । त्यस्तै विद्यार्थी कमिटिका गोरख रोकाया, समीक्षा विक, सुशिला विक, सुस्मिता विक, केशातार विक र प्रेम थापा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट डेटोनेटर २ वटा, हाते ग्रिनेड २ वटा तथा २ पाकेट गन पाउडर ९बारुदको धुलो० का साथै चन्दा संकलन गरेको रसिद पनि बरामद गरेको प्रहरी प्रमुख भाटले जानकारी दिए । गाउँमा गएर चन्दा संकलन गरिरहेको साथै विभिन्न आपराधिक गतिविधि गर्दै आएको आधारमा प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रक्राउ परेका सबैलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ७ को दफा १ सय ३८ अनुसार विस्फोटक पदार्थ सम्बन्धी कसुर तथा दफा ५० अनुसार राज्यद्रोहको मुद्धा चलाउने तयारी भएको प्रहरी प्रमुख भाटले बताए ।

कमेन्ट गर्नुहोस्