आसन्न भारतीय निर्वाचनमा कम्युनिस्ट दलसामु अस्तिवको संकट

भारतीय राजनीतिमा लामो समय वामपन्थी दलहरूको प्रभाव रहेको छ । यति हुँदा हुँदै पनि उनीहरू केन्द्र सरकारको नेतृत्व गर्ने अवस्थासम्म बलियो कहिल्यै भएनन् । ववंपंथी विचारधाराले भारतमा लामो समयसम्म मध्यमपंथी र प्रगतिशील प्रवृत्तिहरूलाई प्रोत्साहित भने गरिरह्यो ।

एकपल्ट मात्र १९९६ मा संयुक्त मोर्चाका साझा उम्मेदवारको रूपमा भारतीय कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य एवं पश्चिम बंगालका तत्कालीन मुख्यमन्त्री ज्योति बसु भारतको प्रधानमन्त्रीको रूपमा प्रस्तावित गरिएका थिए तर पार्टीको स्थायी समितिको असहमतिपछि उक्त पद एचडी देवेगौडाले प्राप्त गरेका थिए ।

खस्किँदै जनमत 

तर सन् २००४ मा मनमोहन सिंहको नेतृत्वमा बनेको संयुक्त सरकारमा वाममोर्चा प्रमुख घटकको रूपमा रहेको थियो । सिंह सरकारसँग वाममोर्चाको यो सहकार्य २००८ मा मनमोहन सरकारले अमेरिकासँग गरेको आणविक सम्झौतापछि कमजोर भएको थियो ।

विभिन्न समय पार्टी विभाजनको मार खेपेको वाममोर्चा लामो समय भारतीय राजनीतिको निर्णायक शक्ति रहेपनि अहिले ऊ इतिहासमै सबैभन्दा कमजोर भएको छ । भारतको लोकसभा निर्वाचनमा २००४ मा ५९ स्थानमा जीत हासिल गरेका वामपन्थी दलहरू २००९ मा २४ सीटमा झरे भने २०१४ मा यो संख्या आधा भएर १२ मा झर्न पुग्यो ।

यस पटक पनि वामपन्थी दलहरूले पश्चिम बङ्गाल का ४२ मध्ये ४० र केरल्का २० लोकसभा सीटहरूमा उम्मेदवारी दिएका छन् । यसका अतिरिक्त उनीहरूले उडिसा, बिहार र तमिलनाडु जस्ता राज्यहरूमा पनि आफ्ना उम्मेदवार उतारेका छन् ।

भारतीय वामदलहरूले पश्चिम बंगालमा निरन्तर ३४ वर्ष सट्टा संचालन गरे भने केरल राज्यमा उनीहरू पाँच वर्षको अन्तरालमा सत्तामा दोहोरिँदै आएका छन् ।

मोदी लहर, दिदी लहर या अरु थोक नै

वामपन्थी दलहरूले आफ्ना परम्परागत पकड रहेका राज्यहरूमा पछिल्लो समय सत्ता गुमाउँदै गएका छन् । यसमा पूर्वोत्तर राज्य त्रिपुरामा देखिएको अभूतपूर्व मोदी लहर र पश्चिमबंगालमा देखिएको दिदी (ममता बनर्जी) लहर प्रमुख रूपमा जिम्मेवार मान्न सकिन्छ ।

दक्षिण कोलकाताबाट वामदलकी उम्मेदवार डा. नंदनी मुखर्जीका अनुसार बंगालमा आएको राजनैतिक आँधी बेहरी कम्युनिस्टहरूको पतनका लागि जिम्मेवार छ ।

उनी भन्छिन्, “यस बीच धेरै राजनैतिक दलहरू अस्तित्वमा आए र यसका साथै विदेशी शक्तिहरूले पनि वामपन्थी सरकारलाई सिध्याउन भूमिका निर्वाह गरे ।”

तर मार्क्सवादी कम्युनिस्ट पार्टीकी युवा संसद सदस्य रीताबृता बनर्जी कम्युनिस्ट पार्टी जीवनका वास्तविकताहरूबाट निकै टाढिएको र बदलिँदो समय र माहौललाई बुझ्न असमर्थ रहेको बताउँछिन् ।

उनी भन्छिन्, “यसमा ठुलो समस्या माइन्डसेटको हो । उनीहरू जनताको भाषा बुझ्दैनन् र वास्तविकताबाट टाढा भइसकेका छन् ।”

उनी भन्छिन्, “यो सामाजिक संजालको जमाना हो र यदि तपाईंले जनतालाई मोबाइल फोन प्रयोग नगर्ने अपिल गर्नु भयो भने उनीहरूले के सोच्लान् ।”

तर कम्युनिस्ट नेता कनिका बोस भने यस अवस्था देखेर त्यति चिन्तित छैनन् । उनका अनुसार वामदलहरूको यो खराब स्थिति अस्थायी हो ।

उनी भन्छिन्, “हाम्रो दृष्टिकोण सही छ र प्रष्ट छ । हाम्रो राजनैतिक दृष्टिकोण किसान, गरिब र महिलाहरूको पक्षमा हुने आन्दोलनसँग जोडिएको छ ।”

उनी थप्छिन्, “जनतालाई बुझाउनु आवश्यक छ । उनीहरूले आज नभए भोलि यथार्थ बुझ्ने छन् ।”

भारतीय राजनीतिका जानकारहरू आसन्न चुनावी वर्ष वामपन्थी दलहरू सामु इतिहासकै ठुलो चुनौती रहेको बताइरहेका छन् । यो निर्वाचन उनीहरूका लागि हार र जीतसम्म मात्र सीमित छैन बरु भारतको चुनावी राजनीतिमा वामपन्थी दलहरूको अस्तित्वको प्रश्न बनेर उभिएको छ ।

बिबिसीका लागि शकील अख्तरले तयार परेको सामग्रीको भाषान्तरण ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: