धनगढीमा प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने

कैलाली, वैशाख १६ । कैलालीको धनगढी उप–महानगरपालिकामा आयोजना हुने प्रथम नगर स्तरीय मेयरकप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजक धनगढी उपमहानगरपालिका नगर खेलकुद विकास समितिले मंगलबार पत्रकार सम्मेलन गरि वैशाख २० देखि ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जाकारी दिएको हो ।

उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले धनगढीलाई खेलकुदको हवकोरुपमा विकास गर्न नगरतहमा बिभिन्न खेलकुद प्रतियोगिता संचालन गरिँदै आएको बताए । उनले भने, ‘प्रथम मेयरकप फुटवल प्रतियोगिता यसैको निरन्तरता हो ।’ नगरप्रमुख वडले सबै वडामा खेल मैदान बनाउने योजनाका साथ उप–महानगरपालिका अगाडि बढिरहेको जानकारी दिए ।

नगर खेलकुद विकास समितिका संयोजक दिपक कुमार थापाले धनगढी उप–महानगरपालिकाका १९ वटै वडाका टोलीबीच प्रतिस्पर्धा हुने बताए ।

प्रथम नगर स्तरीय मेयर कप फुटवल प्रतियोगिताको उद्घाटन नगरप्रमुख नृपबहादुर वडले गर्ने पनि संयोज थापाले बताए । खेल धनगढी उप–महानगरपालिका १२ स्थित ए गाउँको फुटवल मैदान र वडा नं १८ को डिपोबजारमा रहेको ग्राउन्डमा हुने आयोजकले जनाएको छ । उद्घाटन खेल वडा नं १२ ए गाउँको मनकामना खेल मैदानमा हुने छ ।

कमेन्ट गर्नुहोस्