सिमकोट, बैशाख १७ । रुख ढल्दा सडक निर्माणका क्रममा रहेको स्काभेटर कर्णाली नदीमा खसेको छ । कर्णाली करिडोरको खार्पु सुनखाडा खण्डको याङ्चु बगरस्थि घुमाउनेमा सडक निर्माण गर्ने क्रममा माथिबाट रुख ढल्दा स्काभेटर कर्णाली नदीमा खसेको हो भने चालक घाईते भएका हुन् ।
सडक निर्माण गरि रहेको अबस्थामा माथि पट्टीको रुख ढलेर स्काभेटर माथि पर्दा चालक बिष्णु बुढा घाईते भएका छन् भने स्काभेटर कर्णाली नदीमा खसेको प्रत्यक्षदर्सी खार्पुनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्र शाहीले बताए ।
हेर्दा हेर्दै रुख ढलेर स्काभेटर माथि बजारिदा यस्तो भएको उनले बताए । चालक बुढाको टाउको र हातमा चोट लागेकोले उनलाई जिल्ला अस्पतालतर्फ लगिएको छ । स्काभेटर भने नदीमा परेको शाहीले बताए ।