भीमदत्त नगरपालिकाले आठौं खेलकुदका पदकधारी खेलाडीलाई सम्मान गर्ने

कञ्चनपुर, वैशाख १७ । जिल्लाको भीमदत्त नगरपालिकाले आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा पदक जित्ने नगरपालिकाका खेलाडीहरुलाई सम्मान गर्ने भएको छ । बैशाख २० गतेदेखि सुरु हुने दोस्रो सुप प्रदेश स्तरीय मेयर कप पुरुष खुल्ला भलिबल प्रतियोगितामा उद्घाटनमा सम्मान गर्न लागिएको छ । उद्घाटनमा प्रशिक्षकहरुलाई समेत सम्मानन गरिने कार्यक्रम बनाईको छ ।

आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको टीमबाट सहभागी भीमदत्त नगरपालिकाका ५६ खेलाडीले पदक पाएका छन् । त्यसमा १९ जनाले स्वर्ण, ५ जना रजत र २२ जनाले कास्य पदक पाएका छन् । ‘भीमदत्तबाट प्रतियोगितामा सहभागी भएर पदक प्राप्त गर्नु हुने सबै खेलाडीलाई सम्मान गर्छौै, त्यस अनुसार तयारी गरिएको छ’ भीनपाका नगर प्रमुख सुरेन्द्र विष्टले भने ।

नगर प्रमुख विष्टले खेल र खेलाडीहरुको सम्मान हुने गरी नगरपालिका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । खेलाडीहरुसंगै प्रतियोगितामा सहभागी विभिन्न खेलका ९ प्रशिक्षकलाई समेत सम्मान गरिने कार्यक्रम राखिएको छ ।

स्थानीय तह निर्वाचनपछि गत वर्ष पहिलो मेयर कप आयोजना गरिएको थियो । यस वर्ष बैशाख २० गतेदेखि प्रतियोगिताको तयारी गरिएको छ । भीनपा आधारभूत माध्यमिक शिक्षा उप शाखाका स्रोत व्यक्ति भवानी पन्तले उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट आमन्त्रणका लागि छलफल भई रहेको बताए ।

प्रतियोगितामा भाग लिन हालसम्म डेढ दर्जन टीमले जानकारी गराएका छन् । पहिलो संस्करणमा धनगढी उप महानगरपालिका प्रथम र आयोजनक भीनपा दोस्रो भएका थिए ।

सुदूरपश्चिम प्रदेशका स्थानीय सरकारबीच खेलकूदका माध्यमबाट आपशी सम्बन्ध बलियो बनाउन मेयर कप आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम हुने टीमलाई १ लाख ११ हजार १ सय ११, द्वितियलाई ७५ हजार १ सय ११ र तृतीयलाई ५१ हजार १ सय ११ रुपैँया नगद पुरस्कार सहित शिल्ड र प्रमाण पत्र प्रदान गरिनेछ । यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ठ खेलाडीलाई १० हजार र उत्कृष्ठ खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: