विराटको टिमविरुद्ध राजस्थानले टस जित्यो, बैंग्लोरलाई ब्याटिङको मौका

काठमाडौं, वैशाख १७ । इन्डियन प्रिमियर लिग (आइपीएल) मा रोयल च्यालेन्जर्स बैंग्लोर विरुद्धको खेलमा राजस्थान रोयल्सले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि बैंग्लोरमा शुरु हुँदैछ ।

यो खेल राजस्थानका लागि निकै महत्वपूर्ण छ । यदि उसले आजको खेल जित्न सके प्लेअफमा पुग्ने सम्भावना कायमै राख्ने छ । यद्यपि बैंग्लोर विरुद्धको खेलमा राजस्थान पराजित भए प्लेअफ पुग्ने सम्भावना समाप्त हुनेछ ।

विराट कोहली नेतृत्वको बैंग्लोर भने प्लेअफ पुग्नबाट रोकिएको छ । आइतबार सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्ससँग १६ रनले पराजित भएसँगै बैंग्लोरको अगाडिको यात्रा रोकिएको हो । राजस्थान १० अंकका साथ तालिकाको सातौं र बैंग्लोर ८ अंक बटुल्दै पुछारमा छ ।

स्मिथको अन्तिम खेल
यो संस्करणको आइपीएलमा राजस्थान रोयल्सका कप्तान स्टिभ स्मिथको आजको खेल अन्तिम खेल हुनेछ । आउँदो मे ३० देखि शुरु हुने वान डे विश्वकप तयारीका लागि स्वदेश फर्किने भएकाले स्मिथ पूरा आइपीएल खेल्नबाट बञ्चित भएका हुन् । यो वर्ष आइपीएलमा उनले ११ खेलमा ३१९ रन प्रहार गरेका छन् । जसमा स्मिथको ३ अर्धशतक सामेल छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: