फ्यान होस् त अभिनेत्री पुजा शर्माको जस्तो, जन्मदिनको अवसरमा सुनको सिक्री र ब्रास्लेट उपहार

काठमाडौं, वैशाख १८ । वैशाख १७ गते मंगलरबारको दिन चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री पुजा शर्माको जन्मदिन हो । उनी मंगलबारबाट २६ बसन्त पार गरेर २७ बर्षमा टेकेकी छिन् ।

यिनको फ्यानले मंगलबार राजधानीमा एक कार्यक्रम गरेर भब्यरुपमा उनको जन्मदिन मनाईदिएका छन् ।

उनलाई फ्यानले दिएको उपहार हेर्दा जो कोही चकित पर्ने गर्छ । सुनको सिक्रीदेखि सुनको ब्रास्लेट लगायत कैयौ उपहार दिएर उनको जन्मदिन मनाएका हुन् । विशेषतः चलचित्र ‘प्रेमगीत’ बाट चर्चामा आएकी पुजाले ‘थ्रि लभर्स’बाट डेब्यु गरेकी हुन् । प्रेम गीतको सफलता सँगै उनले फ्यान फलोअर्स कमाइन् ।

‘प्रेमगीत’ पछि उनले तीनवटा फिल्ममा अभिनय गरिन् । ‘म यस्तो गीत गाउँछु’ र ‘रामकहानी’ पछि पूजा चलचित्र सम्हालिन्छ कहिले मनमा व्यस्त छिन् । उनले हालै ‘पोइ पर्यो काले’ चलचित्र २० लाख पारिश्रमिकमा साइन गरेकी छन् ।

कमेन्ट गर्नुहोस्