चलचित्र ‘काँचुली’को छायाँकन पुर्वाञ्चलमा हुने

काठमाडौं, वैशाख १८ । बिजी बर्मा फिल्म्सको ब्यानरमा सत्य घटनामा आधारित एवम सामाजिक परिवेशलाई आधार बनाएर निमार्ण गरिन लागेको नेपाली कथानक चलचित्र ‘काँचुली’को छायाँकन पुर्वाञ्चलमा हुने निर्माण पक्षले बताएको छ ।

चलचित्रमा कला राईको प्रस्तुति शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा सो चलचित्रमा रहने चलचित्रका मिडिया कोडिनेटर रोशन पोखरेलले बताए । पुर्वाञ्चलका विभिन्न रमणिय स्थान, दमक, इलाम र श्री अन्तुका रमणिय स्थानमा छायाँकन गरिने चलचित्रकी प्रस्तुतकर्ता कला राईले बताइन् ।

याे पनि पढ्नुस  ‘हिरोज’ को 'यो प्रित' गीतमा करिश्मा र मुकेशको रोमान्स (हेर्नुहोस् भिडियो)

चलचित्रमा नायक ईश्वर खाती, नायिका शुभेच्छा थापा, रश्मि भट्ट, रबिन श्री, राजन महर्जन, रिजन बिसुन्खे, नव नायिका कृति छेत्री, राजन श्रेष्ठ, अस्मि थापा, मिलन तमाङ, रमेश घतानीको अभिनय रहने भएको छ ।

बाबुल गिरी, राजेन्द्र बजँगाईँ, शंकर अधिकारी घायलको संगीत तथा गायिका नित्याशिवा, गायक शम्भु रैका , गायक प्रह्लाद तिमिल्सिनाको आवाज सो चलचित्रको गीतमा रहने छ । देव महर्जनको द्वन्द, राजन महर्जनको नृत्य र सुशील डाँगीको छायांकन रहने चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताए ।

कमेन्ट गर्नुहोस्