अधिक रक्तश्रावले बेहोस हुम्लाकी अनमीको हेलिकोप्टरबाट उद्धार

काठमाडौं बैशाख १८ । अधिक रक्तश्रावका कारण सिकिस्त बिरामी परेकी हुम्लाको चंखेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीकी अनमी निशा नेपालीलाई उद्धार गरी हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको छ ।

गृह मन्त्रालयको समन्वयमा उनलाई हेलिकोप्टरबाट उनको उद्दार गरिएको हो। हुम्लाका प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालका अनुसार बुधबार बिहान १० बजे उद्धार गरिएको हो। विकट चंखेलीको मेल्छाम स्वास्थ्य चौकीमा अनमिको रुपमा कार्यरत उनी मंगलबार बिहानदेखि उच्च रक्तश्रावका कारण बेहोस थिइन् ।

याे पनि पढ्नुस  लोहनीलाई मातृशोक

सो स्वास्थ्यचौकीका लागि उनी एक मात्र स्वाथ्यकर्मी हुन् । स्थानीयलाई स्वास्थ्य सेवा पुर्याउँदै आएकी एक्ली उनी स्वयं मृत्युको मुखमा पुगेपछि स्थानीय सामाजिक कार्यकर्ता एवं स्थानीय सरकारी अधिकारीहरुले हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि अन्यत्र लैजान पहल गरेका थिए । सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई तत्काल हेलिकोप्टरबाट उद्धार गर्न गृहमन्त्रालय एवं नेपाली समक्ष आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस्