९ नयाँ सामग्रीको नेपाल गुणस्तर निर्धारण, कुन–कुन सामग्री परे ?

काठमाडौं, वैशाख १८ । नेपाल गुणस्तर तथा नापतौल विभागले नौ नयाँ सामग्रीको नेपाल गुणस्तर निर्धारण गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको अध्यक्षतामा मंगलबार मन्त्रालयमा बसेको नेपाल गुणस्तर परिषद्को १००औं बैठकले नौ सामग्रीमा नेपाल गुणस्तर निर्धारण गरेको हो ।

याे पनि पढ्नुस  तेह्र दिनको काजक्रिया पाँच दिनमा सिध्याउने क्रम बढ्दै

विभागले नेपाली हातेकागज, विद्युतीय सामग्री सुरक्षा सम्बन्धी साधारण आवश्यकता, इन्डक्सन चुल्हो उपयोगिता सम्बन्धी आवश्यकता, विद्युतीय हर्टप्लेट, प्रयोगशालासम्बन्धी मापदण्ड, हार्डकोल एण्ड कोकलगायतका सामग्रीमा गुणस्तर निर्धारण गरेको हो ।

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक एवं नेपाल गुणस्तर परिषद्का सदस्यसचिव विश्वबाबु पुडासैनीले गुणस्तर निर्धारणसँगै सामग्री प्रयोगमा सहज हुने जानकारी दिए ।

याे पनि पढ्नुस  परीक्षामा सहभागी हुन नदिएको भन्दै प्रदर्शनमा उत्रिए नेविसंघका कार्यकर्ता

विभागले हालसम्म विभिन्न ९३३ वस्तुलाई नेपाल गुणस्तर निर्धारण तथा नेपाल गुणस्तर चिन्ह प्रदान गरेको छ । विभागले गुणस्तर चिन्ह प्रदान गरिएका वस्तु उत्पादन गर्दा गुणस्तरविपरीत उत्पादन गरे कारवाहीसमेत गर्ने गरेको छ । रासस

कमेन्ट गर्नुहोस्