ट्रकले कारलाई ठक्कर दिँदा नेकपाका चार नेता घाइते

दाङ, १८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका नेता सवार कारलाई ट्रकले ठक्कर दिँदा चार जना घाइते भएका छन्।

घाइते नेताहरूमा दाङका शिवकुमार आचार्य, लक्ष्मण शर्मा, मनोहर बुढाथोकी, र शिवानन्द डाँगी रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले त्यसमध्ये बुढाथोकी र शर्मालाई अरुभन्दा बढी चोट लागेको जानकारी दिएको छ । बुढाथोकी र शर्मालाई मात्रै थप उपचारको लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ । शर्माको करङमा र बुढाथोकीको अनुहारमा चोट रहेको प्रहरीले बताएको छ ।

याे पनि पढ्नुस  देउसी-भैलोबाट संकलित रकम सामाजिक क्षेत्रमा खर्च

तर, घाइते सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं ८ देउरालीमा दुर्घटना भएको हो । मुख्यमन्त्री शंकर पोखरेलसँगै बुटवल जान लागेका नेता दुर्घटनामा परेका हुन्। मुख्य मन्त्री सवार गाडी अगाडि थियो भने दुर्घटनामा परेका नेता त्यसको केही पछाडि थिए ।

याे पनि पढ्नुस  हत्याको विरोधमा मौन र्याली

नेता सवार बा १८ च १२५ नम्वरको कार र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ४३४९ नम्वरको ट्रक एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । नेताहरू सवार कार पश्चिमबाट पूर्वतर्फ जाँदै थियो भने ट्रक पूर्वबाट पश्चिमतर्फ आउँदै थियो । लोकपाटीबाट

कमेन्ट गर्नुहोस्