मजदुर दिवसको अवसर पारेर उपराष्ट्रपति पुनको निवास लैनचौरस्थित ‘ग्रीन हाउस’ मा सरे

काठमाडौं, वैशाख १८ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ बुधबारदेखि निवास सरेका छन् ।

उनी अहिले बस्दै आईरहेका गैह्रीधारास्थित सरकारी निवासबाट लैनचौरस्थित उपराष्ट्रपतिको भवन ‘ग्रीन हाउस’मा सरेका हुन् ।

उपराष्ट्रपति बुधबार अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको अवसर पारेर उपराष्ट्रपति भवनमा सरेका हुन् । मन्त्रीपरिषद्को गत भदौ २१ को बैठकले समाज कल्याण परिषद्को कार्यालय रहेको भवनलाई उपराष्ट्रपतिको कार्यालय तथा निवासका लागि (उपराष्ट्रपति भवन) सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

वातावरणमैत्री हरियो रङले रङ्ग्याइएको उक्त भवनलाई ‘ग्रीन हाउस’ नामाकरण गरिएको छ । सामान्य मर्मत सम्भारपछि उपराष्ट्रपति सरेका छन् । उपराष्ट्रपति भवनको मर्मतको काम बाँकी रहेकाले कार्यालय भने केहीं दिनपछि मात्रै सर्ने छ । उपराष्ट्रपतिको कार्यालय हाल निर्वाचन आयोगको भवनभित्रै रहेको छ । यसअघि उपराष्ट्रपतिज्यूको निवास र कार्यालय फरक–फरक स्थानमा भएकोमा अब एकै स्थानमा हुने छ ।

कमेन्ट गर्नुहोस्