प्रहरीकै पेस्तोल लुटेर तस्कर फरार

जनकपुरधाम, वैशाख १८ । धनुषाको मुखियापट्टी मुसहर्निया गाँउपालिकामा तस्करहरूको एक समूहले प्रहरीको पेस्तोल लुटेर फरार भएका छन् ।

बुधवार बिहान २ बजेको समयमा तस्करहरूको समूहले गस्तीमा रहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक प्रमोद कुमार साहसँग रहेको पेस्तोल १ थान र त्यसको म्यागेजिन समेत लुटेका हुन् । नेपालबाट भारततर्फ अवैध रक्सी तस्करी गर्ने २५ जनाको समूहले आक्रमण गरी पेस्तोल लुटेर फरार भएको प्रहरीले जनाएको छ।

याे पनि पढ्नुस  जनकपुर उप-महानगरपालिकाको बजेट साढे एक अर्व

हाल घटनास्थलमा धनुषाका प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोको नेतृत्वमा प्रहरीको टोली परिचालन गरिएको छ।

पेस्तोल लुट्ने तस्करहरुको खोजी भइरहेको र छिट्टै तस्कर पक्राउ गर्ने उनले बताए। तस्करहरु ठूलो संख्यामा रहेकाले प्रहरी निरीक्षक साहलाई नियन्त्रणमा लिएर पेस्तोल लुटेको प्रहरी नायव उपरीक्षक महतोले जनाए ।

कमेन्ट गर्नुहोस्