आज मेघ गर्जनसहित असिनापानी, हावाहुरीको संम्भावना

काठमाडौं, बैशाख १९ । आज पनि देशका पूर्वी, मध्यम र पश्चिमी भेगमा हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् गंगा नगरकोटीले काठमाडौँ उपत्यकामा पनि बिहिबार बेलुकी पानी बताइन् । उनकाअनुसार काठमाडौं उपत्यकाको मौसस दिनभर सफा रहेपनि बेलुकी पख भने हावाहुरीसहित पानी पर्नेछ । मध्य र पुर्वी तराईको मौसम बदली भएर बेलुकी पानी पर्ने विभागले जनाएको छ ।

याे पनि पढ्नुस  अत्यधिक गर्मीले मध्य तथा पूर्वी तराईको जनजीवन कष्टकर

बादल विकसित भएका कारण मध्य र पुर्वी तराईमा पानी पर्नेछ भने तराईका अन्य स्थानहरुको मौसम सामान्तयता सफा रहने छ । जारी प्रि–मनसुन, स्थानीय वायु र पश्चिमी वायुको सक्रियताका कारण देशका धेरै स्थानमा मेघगर्जन र हावा हुरीसहित पानी पर्ने मौसमविद्ले जनाएका छन् ।

याे पनि पढ्नुस  जान्नुहोस्, यस्तो छ तीन दिनको मौसम

पछिल्लो २० घन्टामा काठमाडौं उपत्यकामा २.५ मिलीमिटर पानी परेको महाशाखाले जनाएको छ । काठमाडौंको बिहिबार विहानको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस मापन गरिएको छ । केहि दिन यता काठमाडौ उपत्यकासहित देशभरको तापक्रममा बढेको छ।

कमेन्ट गर्नुहोस्